पब्जीको लत लागेपछि युवकलाई हातगोडा बाँधेर अस्पताल लगियो

पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए ।

डिजिटल गेम पब्जीको नशा एक युवकलाई अति धेरै चढेपछि हातखुट्टा डोरीले बाँधेर अस्पताल पुर्‍याउनु परेको छ । भारतको बिहारस्थित बक्सरमा बस्ने युवकलाई पब्जीको नशा चढेको हो । उनका पिताले आफ्नो छोरो पब्जी खेलेरै मानसिक रोगी बनेको बताए । युवकको नाम मोनु हो । पब्जीको नशा चढेपछि उसलाई परिवारका मानिसले काम गर् भन्दा टेर्दैनथियो र कुटपिट गर्न खोज्थ्यो ।

उसका हर्कतबाट हैरान भएर परिवारले उसको हातखुट्टा बाँधेर मानसिक अस्पताल लगे । त्यहाँ अहिले उसको उपचार चलिरहेको छ ।

Advertisement