मन्त्रि योगेश भट्टराईको जवाफ : कुनै गल्ती गरिएको छैन, भ्रममा नपर्नु होला

काठमाडौँ – पर्यटनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम जोडेर प्रचार भइरहेको घुसप्रकरणबारे जवाफ दिएका छन्।

भट्टराई पत्नी घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख घुस माग गरेको खबर सार्वजनिक भएपछि भट्टराईले विहीबार फेसबुकमार्फत् स्पष्टीकरण दिएका हुन्।

आफ्नो सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्रि भट्टराईले भनेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित बिन्दा घिमिरे निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ मन्त्री भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’

Advertisement