सिन्धुलीमा कार दुर्घटना, अस्पताल लाँदै गर्दा १ जनाको बाटोमै मृत्यु

सिन्धुली – विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-५ खहरेखोलामा शनिबार भएको दुर्घटनामा परी घाईते भएका एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका भारतको जम्बुकास्मीर प्रदेशको लदाक घर भएका २७ बर्षिया छेवाङ गिर्मेटको उपचारका लागि धुलिखेल अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर शान्ता वाईवाले जानकारी दिईन्। काठमाण्डौबाट सिन्धुलीको खुर्कोट तर्फ आउदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेको बा २० च ३४९८ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ कारमा सवार ५ जना गम्भिर घाईते भएका थियो।

कारमा सवार ५ जना गम्भिर घाईते भएका मध्ये एक जनाको मृत्यु भएको र बाँकी ४ जनाको पनि अवस्था गम्भिर रहेको उनले बताईन्। दुर्घटनामा परी महोत्तरीको बर्दिवास नगरपालिका ४ का कारका चालक धन बहादुर गोले, जम्बुकास्मीरका नेवाङ तिन्जेङ, सोही ठाउँका जिङलेट रङ्गेन र गिम्मेट फाल्देन गम्भिर घाईते भएका छन्। धन बहादुर, नेवाङको दुलिखेल अस्पतालमा र जिङलेट, गिम्मेट काठमौंस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको उनले बताईन्।

खोटाङको हलेसी दर्शन गरेर फर्केको कार र काठमाडौंबाट खोटाङको हलेसी दर्शनकै लागि हिँडेको बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको उनले बताईन। बसमा सवार दुई जनालाई भने सामान्य घाउचोट मात्रै लागेकाले उनीहरु उपचार नगराई घर फर्केको उनले बताईन्।

Advertisement