ट्रम्पले भने – ‘हामी दक्षिण एसियामा शान्ति र स्थिरता चाहान्छौँ’

एजेन्सी – भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग पनि अमेरिकाको राम्रो सम्बन्ध रहेको बताएका छन् ।

अहमदाबादस्थित दर्शकले भरिएको विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मानिएको मोटेरा स्टेडियमको उद्घाटन गर्दै ट्रम्पले पाकिस्तानसँग राम्रो सम्बन्ध रहेकै कारण मिलेर आतंकवाद विरुद्ध लडिरहेको बताएका छन् ।

‘हामी पाकिस्तानसँग निक्कै सकारात्मक तरिकाले काम गरिरहेका छौँ ताकि पाकिस्तानी सीमाहरुबाट सक्रिय आतंकवादी संगठनहरुलाई नष्ट गर्न सकियोस् । हामी दक्षिण एसियामा शान्ति र स्थिरता चाहान्छौँ,’ ट्रम्पले भने ।

दुई दिने भ्रमणमा आएका ट्रम्पलाई उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । त्यसपछि ट्रम्पले मोदीको साथमा गान्धी आश्रमको अवलोकन गरेका थिए ।

Advertisement