प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव – मुख हेर्न पर्दैन, अडियो सुनेर कारबाही गर्नुहोस्

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न सरकारसमक्ष माग गरेको छ ।

बिहीबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुखसम्म हेर्दिनँ भन्ने गरे पनि बाँस्कोटाको उक्त अडियो सुन्नुभयो होला नि भन्दै कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टको मुख हेर्दिन भन्दै आएको स्मरण गर्दै अब अडियो हेरेर कारबाही गर्नुपर्ने बताए ।

‘प्रमले भ्रष्टको मुख हेर्दिन भन्नु भएको थियो । मुख हेर्दै नहेर्नुहोस्, अडियो सुन्नुभयो होला अडियोको आधारमा कारबाही गर्नुहोस्’, शर्माले भने ।

उनले बाँस्कोटाको राजीनामा नआए काँग्रेसले कडा कदम चाल्ने पनि चेतावनी दिए ।

Advertisement