‘गल्ती गरेको भए सजाय भोग्न तयार छु’ : गोकुल बास्कोटा

कञ्चनपुर – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिएका छन् ।

कञ्चनपुरमा रहेका मन्त्री बास्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताए । यसबारे विस्तृतमा काठमाडौं पुगेर बताउने जानकारी दिए ।

व्यक्तिमाथि आरोप लाग्दा त्यसको असर स्वयम व्यक्तिलाई पर्ने भन्दै उनले जसले गल्ती गरेको हो सोही व्यक्ति जाने भएकाले पार्टी त्यसमा दोषी नहुने बताए । बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताए ।

मन्त्री बास्कोटा बिहीबार बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।

Advertisement