पर्वतमा विश्वकै दोश्रो अग्लो बञ्जीको सफल परिक्षण

काठमाण्डौ – पर्वतको कुश्मामा बनेको विश्वकै दोश्रो अग्लो बञ्जीको सफल परिक्षण भएको छ ।

पर्वतको कुश्मा र वाग्लुङको बलेवा जोड्ने गरि कालीगण्डकी नदीमा बनाइएको पुलमा बञ्जीको बिहीबार सफल परिक्षण भएको बञ्जी सञ्चालक कम्पनी द क्लिफ प्रालीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

कालिगण्डकी नदीबाट पुलको उचाई २ सय २८ मिटर रहेको छ । ‘हामीले पुलबाट २०८ मिटरसम्म बञ्जी गर्छौं, २० मिटर ग्याप हुन्छ, अब हामी विश्वकै दोश्रो अग्लो बञ्जी बनेका छौं ।’अध्यक्ष कार्कीले भन्नुभयो ।

यसको नियमित सञ्चालन आउँदो बैशाखदेखि हुने पनि कार्कीले बताउनुभयो । हाल विश्वकै अग्लो बञ्जी मकाउमा रहेको छ, जसकाे उचाई ७ सय ६४ फिट छ । हालसम्म स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाईमा रहेको बञ्जीलाई दोस्रो अग्लो बञ्जी मानिँदै आएको छ । तर अब कुश्मामा ७ सय ४८ फिट अग्लो बञ्जी बनेकाले याे नै विश्वको दोश्रो अग्लो बञ्जी बनेको अध्यक्ष कार्कीले बताउनुभयो।

२०७३ सालदेखि निर्माण कार्य सुरु भएको बञ्जीसँगै रिसोर्ट पनि सञ्चालनको अन्तिम तयारीमा छ । २० करोड रुपैयाँको लागतमा बञ्जी र बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा लभ कुश्मा रिसोर्ट बनाईरहेको कम्पनीले जनाएको छ ।

Advertisement