४ हजार धरौटीमा रिहा भइन् गायिका आस्था राउत

विमानस्थलमा सुरक्षाकर्मीसंग अभद्र ब्यवहार देखाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत रिहा भएकी छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार रुपैयाँ धरौटि राखि उनी रिहा भएकी हुन । सोमबार जिल्ला प्रशासन कार्यालयले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल प्रयोग गरि यात्रा गर्ने क्रममा सुरक्षा जाँचका बेला गायिका राउतले प्रहरी जवानसंग अभद्र व्यवहार गरेकी थिइन । सोही आरोपमा गायिका राउत स्वदेश फर्किसकेपछि आफै प्रहरीमा उपस्थित भएकी थिइन ।

Advertisement