२२ लाख ८२ हजार नगदसहित वडाध्यक्ष र १५ जुवाडे पक्राउ

कैलाली – प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा वडाध्यक्ष शाहीसहित कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कञ्चननपुर बेलौरी नगरपालिका १ का ३४ वर्षीय भुवन कुँवर, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय तिलक अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल, वडा नम्बर १० का २८ वर्षीय सन्देष तामाङ, गोदावरी नगरपालिका ३ का ३८ वर्षीय मोहन खड्का रहेका छन् ।

त्यस्तै बैतडी दशरथ चन्द नगरपालिका ८ का ३१ वर्षीय अमित गुरुङ, दशरथ चन्द नगरपालिका ४ का ३० वर्षीय सूर्य भट्ट, पुर्चाैडी नगरपालिका ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्वी नगरपालिका १० का ३५ वर्षीय प्रेमबहादुर सिंह, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका ४ का ३३ वर्षीय जय सिंह धामी र महाकाली नगरपालिका ४ का ३८ वर्षीय मंगल ठगुन्ना रहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement