एमसीसीविरुद्ध बृहत आन्दोलन घोषणा

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्‍न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेल राष्ट्रिय जनमोर्चा लगायत दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

‘भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत एमसिसी सम्झौता अगाडि बढाएको’ निष्कर्ष निकाल्दै माघ २४ बाट उनीहरुले संयुक्त संघर्ष गर्ने जनाएका छन् ।

काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने उनीहरुले बताएका छन् ।

Advertisement