नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै अमेरिकी सेना

नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।

काठमाडौंमा फागुन ५ गतेदेखि सुरू हुने संयुक्त अभ्यास चैत ६ गते सकिने सैनिक स्रोतले बतायो। अभ्यास छाउनी र नगरकोटमा हुनेछ। संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।

एक महिनाको दौरानमा दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जानकारी दिएको छ।

Advertisement