‘एमसीसी खारेज गर, नेपाललाई इराक बनाउन पाइँदैन’ भन्दै माइतिघरमा उर्लियो जनसागर

काठमाडौं – राजधानीमा एमसीसीविरुद्ध नारावाजी भएको छ। एमसीसीले देशको हित नगर्ने भएकाले यसलाई तत्काल खारेज गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलामा युवाहरुले नारावाजी गरेका हुन्।

भ्रष्टाचार विराेधी अभियन्ता ज्ञानेन्द्र बहादुर शाही नेतृत्वकाे युवा जमातकाे समूहले अमेरिकाद्वारा दिइने सहयाेग एमसीसी विरूद्द नाराबाजी गरेका गरेका छन्। काठमाडाैँकाे माइतीघर मण्डलामा शनिबार उक्त समूहले एमसीसी सहित सरकारकाे समेत चर्काे आलाेचना गरेकाे छ।

‘नेपाललाई इराक बनाउन पाइदैन’, ‘एमसीसी तत्काल खारेज गर’ लगायतका नारा लगाउँदै प्रदर्शन भएको हो। अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा मतहरु विभाजित देखिएका छन् । सरकार यसलाई पारित गर्ने पक्षमा देखिन्छ भने सत्तारुढ नेकपाकै कतिपय नेताहरु यसको विरोध गरिरहेका छन्।

उता प्रतिपक्षी काँग्रेस भने एमसीसी तत्काल पारित हुनुपर्ने पक्षमा छ।

Advertisement