चिडियाखानामा भोकभोकै राखिएको एउटा सिंह मर्यो

सुडानको एक चिडियाखानाका फोहरी खोरहरूमा खानै नदिई राखिएका पाँचमध्ये एक सिंहको सोमवार मृत्यु भएको छ ।

बाँकी अन्य चार सिंहलाई बचाउनका लागि चाहिँ अभियान चलिरहेको छ । मर्ने सिंहिनीलाई कैयौं दिनसम्म पानी चढाइएको भए पनि सोमवार मृत्यु भएको ब्रिगेडियर एस्सामेलद्दीन हज्जारले बताए ।

अल–कुरैशी पार्क नामक उक्त चिडियाखानामा कंकाल बनेका सिंहहरूले कैयौं दिनदेखि खाना र औषधि खान पाएका थिएनन् । देशमा विदेशी मुद्राको अभाव भएपछि खाद्यान्नको मूल्यवृद्धि हुँदा उनीहरूलाई चिडियखानाले खुवाउन नसकेको हो । खान नपाएर उनीहरूको शरीरको दुइतिहाइ तौल घटिसकेको छ ।

सुडानएनिमलरेस्क्यु नामक एक अभियानले कुपोषित र बिरामी सिंहहरूलाई चिडियखानाबाट अन्तै सार्न आह्वान गरेको छ ।

– एजेन्सी

Advertisement