‘लभ डायरिज’ ट्रेलर सार्वजनिक ( भिडियो )

काठमाडौं – भ्यालेटाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फागुन २ गते रिलिज हुने सिनेमा ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सौरभ चौधरी निर्देशित सिनेमाको टिजरले युवापुस्ताको प्रेमकथा बोल्छ । सनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालगायतका कलाकारलाई स्थान दिइएको छ ।

दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् । प्रेमकथानक सिनेमाले यस वर्षको प्रणय दिवसमा दर्शकलाई प्रेम बाँड्नेछ । विनोद सापकोटाले निर्माण गरेको सिनेमामा सुशील र रुबिनासँगै विश्वजित रिमाल, अर्जुन जंग शाही, बिष्णु सापकोटालगायतको मुख्य भूमिका छ ।

लभस्टोरी कथामा निर्माण भएको सिनेमाको कथा मधु बास्तोलाले लेखेका हुन् । भने, पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । ‘लभ डायरीज’लाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको सिनेमामा सह-निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् ।

Advertisement