अष्ट्रेलियाको होस् कि जहाँ सुकैको किन नहोस्, काण्ड नभनौ : दिलनिशानी

काठमाडौं – सामाजिक सञ्जालमा भाइरल भइरहेको अष्ट्रेलिया काण्डबारेमा लेखक तथा पत्रकार दिलनिशानी मगरले नेपाली चेलीबेटीसंग जोडेर बचाउ गरेका छन् ।

गलत मान्छेको फन्दामा परेका हुनसक्ने भन्दै मगरले नेपाली चेलीबेटीहरुको अपमान नगर्न आग्रह गरेका छन् । ‘गलत मान्छेको फन्दामा परेकी हुन सक्छन्, नेपाली चेलीबेटीहरुको अपमान नगरौ। अष्ट्रेलियाको होस् कि जहाँ सुकैको किन नहोस्, काण्ड नभनौ,’ भन्दै पत्रकार दिलनिशानीले आफ्नो फेसबुकमा स्ट्याटस लेखेका छन् ।

अष्ट्रेलिया वा जहाँको भए पनि यसलाई काण्ड भन्न नहुने उनको तर्क छ । अश्लील क्रियाकलाप गरेको भिडियो अहिले फेसबुक म्यासेन्जरबाट भाइरल बनाइएको छ । उक्त भिडियो एकपछि अर्को गर्दै निक्कै चर्चामा रहेको छ ।

Advertisement