कुपन्डोलको बजाज सेन्टरमा भिषण आगलागी

ललितपुर – बिहीबार राति ललितपुरको कुपन्डोलस्थित बजाजको स्पेयर पार्टस् राखिएको सेन्टरमा भिषण आगलागी भएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष लामाका अनुसार अहिले आगो नियन्त्रणको प्रयास भइराखेको छ। कुपन्डोल पुल नजिकैको बजाज सेन्टरमा आगो लागेको हो।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिकाबाट दमकल ल्याइएको लामाले बताए। आगलागीको कारण भने खुलेको छैन।

Advertisement