ब्याचलर पार्टी मनाउन साथीसँग थाइल्याण्ड उडीन् प्रियंका

बिहे गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, बैबाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् ।

नायिका ऋचा शर्माको ब्याचलर पार्टीको पनि राम्रै चर्चा भएको थियो । अब, नायिका प्रियंका कार्की पनि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन् । आफ्ना केही साथीहरुको साथमा प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकी हुन् ।

उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् । उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साझेदार गरेका तस्विरहरुमा उनी आफ्ना साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् ।

नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय भैसक्दा पनि बिहे नभएपछि प्रियंका र आयुष्मानको बिषयमा चर्चा चलिरहेको छ । कतै, उनीहरुको बिहे नै हुँदैन कि भन्ने प्रश्नहरु पनि चलचित्र बजारमा चलिरहेका थिए ।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यसैविच, उनी ब्याचलर पार्टी भन्दै साथीहरुको साथमा थाइल्याण्ड उडेपछि आयुष्मान र उनको बिहे फागुणमा हुन लागेको चर्चा समेत चलेको छ ।