जोर्नीको दुखाई देखि मधुमेहका बिरामीका लागि मेथीको साग

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायोदेखि चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न सकिन्छ ।

यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ । यहाँ हामी चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट त्राण दिन्छ ।

-जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या हुने गर्छ । मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रुपमा काम गर्छ र कब्जियत, ग्यास लगायतका समस्याबाट मुक्ति दिलाउँछ ।

-मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । त्यसैले त, पहिले पहिलेका मानिसहरु जाडो सुरु हुनै लाग्दा मेथीको साग तथा भिजाएको मेथीलाई तारेर खाने गर्थे ।

– अधिकांश बालबालिकामा पेटमा जुका वा किरा पर्ने आम समस्या हो । किरा परेमा पनि मेथीको सेवन प्रभावकारी मानिन्छ । मेथीको पत्तिलाई पिसेर त्यसबाट निकालिएको रसलाई प्रत्येक दिन सेवन गरेमा पेटको किराको समस्या कम हुने गर्छ ।

-मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । प्रत्येक दिन यसलाई कुनै न कुनै विधिबाट सेवन गर्नाले चिसो लाग्दैन । र, चिसोका कारण हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

– मधुमेहका बिरामीका लागि पनि मेथी निकै फाइदाजनक मानिन्छ । प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिएर यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

-अनुहारको सुन्दरता बढाउन पनि मेथी निकै लाभदायक मानिन्छ । मेथीलाई पिसेर लगाउनाले अनुहार चमकदार र कसिलो हुन्छ । साथै, यसले छाला नरम बनाउने हुँदा सुख्खा छाला भएका व्यक्तिहरुका लागि पनि मेथी निकै उपयोगी मानिन्छ ।

-मेेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक मानिन्छ । नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ ।

-नियमित रुपमा मेथीको सेवनले तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । र, शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ । बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै कम हुने गर्छ ।

Advertisement