लिबियामा अमेरिका र भारतले सेना हटाउँदा फर्किएन नेपाली सेना

काठमाडौं– अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ खटिएको अमेरिकी फौजलाई अन्यत्र सारिएको छ। भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ।

राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोही समूह ‘द लिबिया नेसनल आर्मी’ले सैन्य कारवाहीलाई तीव्रता दिएपछि सुरु भएको संकटका कारण अमेरिकी र भारतीय शान्ति सैनिक त्यहाँबाट अन्यत्रै सारिए पनि नेपाली शान्ति सेनालाई भने थप जिम्मेवारी दिइएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनिया गुटोरेज र विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा भएको वार्ता असफल भएपछि लिबियामा हिंसा भड्किँदा अमेरिका र भारतले आफ्नो सेना हटाएका हुन्। बढ्दो संकटका बीच लिबियामा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय तथा त्यहाँमा कार्यरत कर्मचारीको सुरक्षा त्रिपोलीमा तैनाथ २३१ जना नेपाली शान्ति सेनाले गरिरहेका छन्।

‘जबसम्म मिसन हट्दैन तबसम्म हाम्रा सुरक्षाकर्मी पनि हट्नु हुँदैन। त्यहाँ खतरा छ भनेरै शान्ति मिसनमा स्पेसल फोर्स पठाएको हो’, पूर्वरथी सीबी गुरुङले भने, ‘मिसन नहटी फर्के अप्ठ्यारो परेको बेला भाग्दो रहेछ भन्ने सन्देश जान्छ।’ अमेरिका र भारतले सुरक्षा संवेदनशीलता देखेर आफ्ना सेना त फर्कायो नि? भन्ने प्रश्नमा गुरुङ भन्छन्, ‘अरू र हामीमा यही फकर हो नि! खतरा छ भन्दैमा भागरे कहाँ जाने? फर्केर आउने? त्यसो गर्दा हाम्रो औचित्य के?’

लिबियामा उत्पन्न संकटले तनावपूर्ण अवस्था निम्त्याएपछि अमेरिका र भारतले त्यहाँ कार्यरत आफ्ना सेनालाई स्थानान्तरण गरेको जानकारी गराएको छ। यी दुई शक्ति राष्ट्रले आफ्ना सुरक्षाकर्मीलाई स्थानान्तरण गर्दा नेपाली सेनालाई किन त्यहाँबाट फिर्ता नबोलाइएको भन्दै प्रश्न पनि उठ्न थालेको छ।

यी दुई राष्ट्रले आफ्ना सेना स्थानान्तरण गर्दा पनि राष्ट्रसंघअन्तर्गतको मिसनमा खटिएका नेपाली सुरक्षाकर्मीहरू बाध्यताले बस्न परेको सेनाभित्र चर्चा हुन थालेको छ। नेपाली सुरक्षाकर्मी अन्त्यन्तै जोखिममा भए पनि विदेशी नीतिमा असर पर्ने भएकाले नेपाली सुरक्षा निकायलाई उद्धार नगरिएको चर्चा चल्न थालेको छ।

‘अमेरिका र भारतले सरकारको पोलिसीअनुसार नै आफ्ना सैनिक स्थानान्तरण ग-यो’, नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्यात भन्छन्, ‘तर नेपालमा कन्डिसन मूल्यांकन गर्ने सरकारको कुनै मापदन्ड छैन। यहाँ तत्काल बसेर पोलिसी बनाउने चलन छ।’ नीतिकै अभावका कारणा नेपालले विदेशमा सेना संकटमा पर्दा पनि केही गर्न नसकेकाे बस्न्यातकाे बुझाइ छ।

तर केही सुरक्षा अधिकारी भने नेपालको सुरक्षा निकायले यो अवस्थामा सुरक्षा प्रदान गरेर राम्रो काम गरेको बताउँछन्। राष्ट्रसंघको शान्ति मिसन सहजताका लागि मात्रै नभएको उनीहरूको तर्क छ। यो अवस्थामा संयुक्त राष्ट्र संघको मिसन नहटेसम्म नेपाली सुरक्षाकर्मी दायाँबायाँ हल्लन नहुने उनीहरूको तर्क छ। ‘संयुक्त राष्ट्रसंघको मिसन हेटक्वाटर अप्ठ्यारोमा परेको बेला ज-याकजुरुक उठेर हिँड्ने? हामीले यसरी नै साथ दिनाले राष्ट्रसंघको मिसनमा हाम्रो सहभागिता बढ्दै गएको छ’, सेनाका पूर्वरथी सीबी गुरुङ भन्छन्, ‘शान्ति मिसन सहजताका लागि मात्रै हैन अप्ठ्यारो अवस्थाका लागि पनि हो। सहजतामा मात्रै साथ दिने भए हाम्रो औचित्य के?’

संयुक्त राष्ट्रसंघको शान्ति मिसन नउठेसम्म नेपाली सुरक्षाकर्मी फर्केर आउन नहुने गुरुङको धारणा छ। ‘जबसम्म मिसन हट्दैन तबसम्म हाम्रा सुरक्षाकर्मी पनि हट्नु हुँदैन भन्ने मेरो धारणा हो। त्यहाँ खतरा छ भनेरै शान्ति मिसनमा स्पेसल फोर्स पठाएको हो’, उनले नागरिकसँग भने, ‘मिसन नहटी फर्के अप्ठ्यारो परेको बेला भाग्दो रहेछ भन्ने सन्देश जान्छ।’

अमेरिका र भारतले सुरक्षा संवेदनशीलता देखेर आफ्ना सेना त फर्कायो नि? भन्ने प्रश्नमा गुरुङ भन्छन्, ‘अरू र हामीमा यही फकर हो नि! खतरा छ भन्दैमा भागरे कहाँ जाने? फर्केर आउने? त्यसो गर्दा हाम्रो औचित्य के?’

नेपाली सेनाले भने संयुक्त राष्ट्रसंघको मिसन त्यहाँबाट उठेमा मात्रै नेपाली सेना फर्कने स्पष्ट पारेको छ। ‘मिसनको हेटक्वाटर सुरक्षाको जिम्मेवारी नै हामीले पाएका छौं। त्यहाँ युनाइटेड नेसन नहटेसम्म हामी पनि फर्काउँदैनौं’, सेनाका प्रवक्ता याम ढकालले भने, ‘अवस्था क्रिटिकल भयो भने सोच्छौं। नभए युएनले निर्णय नगरेसम्म हामी त्यहीँ रहन्छौं।’

Advertisement